सिद्धार्थ बनस्थली र एलए सेमिफाइनलमा

फागुन १४, काठमाडौं । सिद्धार्थ बनस्थली र लिटिल एन्जल्स (एलए) दसौं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । 

सिद्धार्थ बनस्थलीले टीआईएलाई ५–० गोलले पराजित ग¥यो । विजेताका अनमोल खत्रीले ३ तथा जेनिश रेग्मीले २ गोल गरे । टीआईएका सक्षम डंगोल ‘म्यान अफ द म्याच’ घोषित भए । सेमिफाइनलमा सिद्धार्थ बनस्थलीको भेट आयोजक लोयल्टी एकेडेमी ‘बी’ संग हुने छ । 

डिफेन्डिङ च्याम्पियन एलएले काष्ठमण्डपलाई ८–० को फराकिलो गोलअन्तरले हरायो । एलएका प्रसुन तुलाधरले ५ तथा तुसानमान सिंहले ३ गोल गरे । काष्ठमण्डपका प्रशान्त लिम्बू ‘म्यान अफ द म्याच’ चुनिए । सेमिफाइनलमा एलएले टाइमलाइन विरुद्ध प्रतिस्पर्धा गर्ने छ । दुवै सेमिफाइनल बिहीबार हुने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *