पाँचौं अर्किड कप फुटबल भोलिदेखि

माघ २३, काठमाडौं । अर्किड स्कुलको आयोजनामा पाँचौं अर्किड कप अन्तरविद्यालय फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ । 

प्रतियोगितामा ३६ छात्र टिमको सहभागिता रहने अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पहिलो हुने टिमले २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार पाउने अर्किडका प्रिन्सिपल चोलिन्द्रबहादुर कार्कीले जानकारी दिए । 

सेभेन ए साइड नकआउट प्रतियोगिताका खेलहरु काँडाघारीस्थित आयोजकको आफ्नै मैदानमा हुने छ । गत संस्करणको उपाधि श्रमशील विद्यापीठले जितेको थियो । सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष भुजेलले जानकारी गराए । 

null

ज्ञान निकेतन विजयी 

ज्ञान निकेतनले नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार जित हात पारेको छ । 

ज्ञान निकेतनले हिमालीलाई ५३–४० ले पराजित गर्‍यो । ज्ञान निकेतनको जितमा विवेक यादवले २० अंक योगदान गरे । 

ब्वाइजमै पुष्प सदन र आयोजक इनोभेटिभले सफलता पाए । कर्माको २२ अंक सहयोगमा पुष्प सदनले हिमालयनलाई ४७–२६ ले हरायो । इनोभेटिभले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) माथि ४९–१२ को सहज जित रच्यो । इनोभेटिभका कृजल अवालेले १५ स्कोर गरे । 

गल्र्सतर्फ भएको एक मात्र खेलमा नेरिक एकेडेमी विजयी भयो । नेरिकले एसियन पब्लिकमाथि २१–२० को कठिन जित दर्ता ग¥यो । नेरिककी निरा खत्रीले ७ स्कोर गरिन् । प्रतियोगिताअन्तर्गत शनिबार दुई खेल मात्र हुने इनोभेटिभका इसीए इन्चार्ज सुशिल प्रधानले जानकारी दिए । 

टाइम्स रोड रेस शनिबार 

द टाइम्स इन्टरनेसनल कलेज, म्यानेजमेन्ट क्लबको आयोजनामा तेश्रो द टाइम्स ५ किलोमिटर रोड रेस शनिबार हुने भएको छ । 

ब्वाइज र गल्र्समा गरी करिब २ सय ५० को सहभागिता रहने आयोजक टाइम्सका संस्थापक राजनप्रसाद पोखरेलले जनाएका छन् । कक्षा ९ देखि १२ सम्ममा अध्ययनरतहरुले रेसमा भाग लिन पाउने प्रावधान रहेको छ । 

ब्वाइज/गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । दौड डिल्लीबजारस्थित टाइम्स कलेजको हाताबाट सुरु भइ सोही स्थानमा आएर टुंगिने छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *