काटेको लिङ्गसहित जलेको परालको थुप्रोमा भेटियो पुरुषको शव

माघ २२, झापा । झापाको विर्तामोडमा  काटेको लिङ्ग सहित करिब ४० वर्षिय एक पुरुषको शव जलेको अवस्था फेला परेको छ ।   

विर्तामोड नगरपालिका–२ चारपानेमा हात, खुट्टा जलेको अवस्थामा परालको जलेको कुन्युसँगै उनको शव जलेको अवस्थामा फेला परेको हो ।   

घटनाको प्रकृतिलाई हेर्दा ढुङगाले हानेर उनको हत्या गरी परालको माचमा लगेर जलाइएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।   

चारपाने चोकदेखि दुई सय मिटर दक्षिणमा जलेको अवस्थामा उनको शव फेला परेको हो ।  शव भएको ठाउँबाट सय मिटर पश्चिममा रगत लतपतिएको छ । त्यसैगरी करिब सय मिटर पूर्वमा पनि रगत तलपतिएको ढुङ्गा र काटिएको लिङ्ग जस्तो शरिरको कुनै अंग भेटिएको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ । 

मृतक पुरुषको अहिले सम्म परिचय खुल्न नसकिएको र कुकुरको सहयताले घटनाको अनुसन्धान भईरहेको  झापा जिल्ला प्रहरी प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *