इतिहास नभुलौं, वर्तमानलाई नविर्सौं : पूर्व राजा ज्ञानेन्द्र


फागुन ६, काठमाडौं । पूर्व राज ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै राजनीतिक दलहरुलाई इतिहास नभुल्न र भविश्यका कोरा सपना बाँडेर समय खेर नफाल्न आग्रह गरेका छन् ।
हामीले हाम्रो इतिहास नभुलौं, वर्तमानलाई नविर्सौं र भविश्यका कोरा सपना मात्रै बाँडेर समय खेर नफाली सर्व हितकारी प्रजातान्त्रीक धर्मको निर्वाह गरौं शुभकामना शन्देशमा भनिएको छ ।
राजा ज्ञानेन्द्रले फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा प्रजातन्त्र कर्म उत्रन र व्यवहारमा देखिन सक्नुपर्ने, तर त्यस्तो हुन नसकेको बताएका छन् ।
उनले भनेका छन् , ‘प्रजातन्त्र शब्दमा होइन, कर्ममा उत्रन सक्नुपर्दछ । रुपमा होइन, सारमा झल्कनुपर्दछ, हामी देश दर्शन र वैदेशिक भ्रमणमा जब जान्छौं, त्यहाँ प्राय सुन्ने बुझ्ने गर्दछौं, नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन ।’
यस्तो छ उनको शुभकामना शन्देश
