च्याम्पियन्स लिगमा लियोनसँग हार्यो युभेन्टस

२०७६ फागुन १५ गते

फागुन १५, काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लिगमा युभेन्टस पराजित भएको छ ।
फ्रेन्च क्लब लियोनसँग भएको पहिलो लिगमा युभेन्टस १-० गोल अन्तरले पराजि भएको हो । जितसँगै लियोनले पहिलो लेगको खेलमा १–० को अग्रता बनाएको छ । खेलको ३१ औं मिनेटमा लुकास टुसर्टले घरेलु टोलीका लागि विजयी गोल गरेका थिए ।
फ्रेन्च क्लबबिरुद्ध निकै आत्मविश्वासी देखिएको युभेन्ट्सले पहिलो लेगमा गोल गर्न असफल रह्यो । अब दुवै बीचको दोस्रो लिग मार्च १७ मा युभेन्टसको घरेलु मैदानमा हुने छ ।

२०७६ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित