ईपीएल खेल्‍न नेपाल आउँदैछन् क्रिस गेल

माघ १६, काठमाडौं । क्रिकेटमा युनिभर्स बोसमा नामले परिचित विश्व क्रिकेटका उत्कृष्ट खेलाडी क्रिस गेल नेपाल आउने भएका छन् ।   

नेपालमा आयोजना हुन लागेको एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) खेल्नका लागि गेल नेपाल आउन लागेका हुन् । वेष्ट इन्डिजका अलराउण्डर गेलले पोखरा राइनोजबाट एभरेष्ट प्रिमियर लिगको दुई खेल खेल्ने पक्का भइसकेको छ ।   

पोखरा राइनोजले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी मार्की खेलाडीका रुपमा गेललाई भित्र्याउन लागेको जानकारी दिएको हो ।   

ईपीएल खेल्‍न नेपाल आउँदै क्रिस गेल

गेल तीनै फर्म्याटको क्रिकेटमा कीर्तिमानधारी खेलाडी हुन् । टि–ट्वान्टी क्रिकेटमा विस्फोटक ब्याटसम्यानका रुपमा परिचित ४० वर्षीय गेल आईसीसीको टेष्ट, एकदिवसीय र टी–ट्वान्टीमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान हुन् । गेलले वेष्ट इण्डिजबाट १ सय ३ टेष्ट, ३ सय १ एकदिवसीय र ५८ टी-ट्टिवान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । 

वेष्ट इण्डिजले सन् २०१६ को टी–ट्वान्टी विश्वकपको उपाधि जित्दा गेल मुख्य खेलाडी रहेका थिए । ४० वर्षीय गेलले टी–ट्वान्टीमा १३ अर्धशतक २ शतकसहित कुल १६ सय २७ रन बनाएका छन् । 

गेलले टेष्टमा ७ हजार २ सय १५ रन बनाएका छन् । एकदिवसीयमा उनले १० हजार ४ सय ८० रन बनाएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =