एनसेल टावरमा आगजनी, प्रहरी परिचालन

पुस १६, चितवन । मंगलबार साँझ एनसेलको टावरमा आगजनी गरिएको छ । 

चितवनको कालिका नगरपालिका-९ मिलन बजारमा रहेको उक्त एनसेलको टावरमा आगजनी गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए अनुसार आगलागीको घटना थाहा पाउने वित्तिकै जुटपानी प्रहरी चौंकीबाट प्रहरीहरु परिचालन गरिएको छ ।   

आगो कसले र किन लगायो भन्ने बारेमा केही खुल्न नसकेको कोइरालाले बताए । सांकेतिक फाेटाे 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =