लालिगामा बार्सिलाेनासँग रियलले ३ अंककाे स्पष्ट दुरी बनायाे

एजेन्सी । स्पेनिस लालिगामा डिफेन्डिङ च्याम्पियन्स बार्सिलाेनासँग रियल मड्रिडले ३ अंकको स्पष्ट दुरी बनाएको छ। आइतबार भएको खेलमा रियल भालाडोलिडमाथि १-० को जित हात पारेपछि लिगमा बार्सिलोनासँग ३ अंकको अन्तर कायम गर्न सफल भएको हो। 

मड्रिडको यस जितमा नाचोले निर्णायक गोल गरेका थिए। इस्टेडियो म्युनिसिपल जोस जोरिल्ला भालाडोलिडमा आइतबार राति भएको खेलमा रियलको जितमा नाँचो फर्नान्डेजले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७८ औ मिनेटमा सो गोल गरेका हुन् । भालाडोलिडको मैदानमा रियलले खेलकाे १२औं मिनेटमा गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा अग्रता लिनबाट चुकेको थियो । टोनी क्रुसको फ्रिकिकमा क्यासमिरोले क्लोज रेन्जबाट हेडिङ गोल गरेपनि उनी अफसाइड ठहरिए । 

५१औं मिनेटमा रियालका रोड्रिगोको प्रहारलाई भलाडोललिडका गोलरक्षकले मुस्किलले बचाए । ५९औं मिनेटमा फरल्यान्ड मेन्डीको पासमा करिम बेन्जेमा गोल गर्न असमर्थ बन्दा रियल पुनः अग्रता लिनबाट चुक्यो । त्यसपछि पनि घरेलु टोलीलाई लगातार दवावमा राखेपनि रियलले गोलको लागि ७८औं मिनेट कुर्नुपरेको थियो । टोनी क्रुसको कर्नरमा नाँचोले सिक्स यार्ड बक्सबाट गोल गर्न सफल भएका थिए । त्यही गोल नै रियलको जितमा पर्याप्त बन्यो । 

शनिबार भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २-० ले पराजित भएपछि लिगमा दुरी बढाउन उसका लागि यो जित महत्वपूर्ण थियो। जितपछि मड्रिडको २१ खेलबाट ४६ अंक छ भने समान खेल खेलको बार्सिलोनाको ४३ अंक छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *