१० औं नेफ्टा अवार्ड काठमाडौँमा हुँदै

पुस २१, काठमाडौँ ।  चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको ‘नेफ्टा फिल्म अवार्ड’को १० संकरण चैत्र १५ गते  काठमाडौँको टुंडिखेलमा हुने भएको छ ।   

यस अघीको  ४ वटा संकरण विदेशमा आयोजना गरिएपनी बिगत विगत २ बर्षदेखि रोकिएको नेफ्टा अवार्डको १० औ संकरण भने नेपालमा नै हुन लागेको हो ।   

सोमबार पत्रकार सम्मलेन गरी  दशौं नेफ्टा अवार्डको नेपालमा हुन लागेको  घोषणा गरिएको हो   

नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै ‘ड्रिम हाई नेपाल’ सँगको सहकार्यमा नपाल चलचित्र प्राविधिक संघले दशौं नेफ्टा अवार्डको घोषणा कार्यक्रममा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल प्रमुख अतिथीको रुपमा उपस्थित भएका थिए । 

प्रहरी महानिरिक्षक खनालले चलचित्रमा प्रहरीलाई नकारात्मक रुपमा देखाउँदा असन्तुष्ट व्यक्त गर्नुकाे साथै यस्ताे नकरात्मक भूमिकाले समाजमा खराब असर पर्ने भएकाेले चलचित्रमा प्रहरीलाई  सकारात्मक भूमिकामा प्रस्तुत गरिदिन आग्रह समेत गरेका थिए ।   

घोषणा कार्यक्रममा नायक राजेश हमाल, भूवन केसी लगायतले चलचित्र प्राविधिकहरुको योगदान चलचित्र क्षेत्रमा उल्लेखनिय रहेको बताए ।   

नेफ्टाका अध्यक्ष पुष्कर लामाका अनुसार विभिन्न ३२ विधामा अवार्ड प्रदान गरिनेछ । साथमा, ‘पपुलर चलचित्र, पपुलर नायक, पपुलर नायिका, जनजाती फिल्म तथा लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पनि प्रदान गरिनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =