स्वस्थ जीवनका लागि दरिलो सम्बन्ध !

माघ ७, काठमाडौं । भियतनामको कोन तुम क्षेत्रमा एउटा अल्पसङ्ख्यक समुदाय जो-डाङ रहेको छ । भौतिक सुख सुविधाबाट वञ्चित यो समुदमायका एक वृद्धजोडी वर्षौंदेखि एक अर्काको हेरचाह गर्दै आइरहेका छन् ।   

यी दुबैको उमेर ९० वर्ष भन्दा बढी भइसकेको छ । हार्वर्ड यूनिभर्सिटिको ८० वर्षदेखि चलेको सोध अनुसार जीवनमा खुशिको लागि पैसा र प्रख्यातिभन्दा बढी महत्वपूर्ण नजिकको सम्बन्ध हुनु आवश्यक छ । जो व्यक्तिले जीवनमा परिवार र सम्बन्धलाई महत्वपूर्ण ठान्दछ त्यो व्यक्ति ८० वर्षको उमेरपछि पनि स्वस्थ र खुशि रहन्छ ।   

सबै भन्दा ठूलो फोटोग्राफी प्लेटफर्म मध्ये एक अगोराले ह्याप्पीनेस २०२० थिममा फोटोको प्रतिस्पर्धा गराए । यसमा १७ हजार फोटो आएका थिए । भियतनामका क्लोक लिन्हको यो तस्वीर टप १० मा राखिएको छ ।  एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *