विप्लवका नुवाकोट जिल्ला सेक्रेटरी पक्राउ

पुस २२, काठमाडौँ । सोमबार प्रहरीले स्काभेटरहरुमा आगजनी गरी क्षति पुर्याएको आरोपमा नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका एक जिल्ला सेक्रेटरी लाई पक्राउ गरेको छ ।   

प्रहरीले विप्लव समूहका नुवाकोट जिल्ला सेक्रेटरी अशोक भन्ने विन्तोष सिलवाललाई पक्राउ गरेको हो ।   

पक्राउ परेका सिलवामाथी  २०७५ साउन ८ गते सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा रोकिराखेको स्काभेटरहरुमा आगजनी गरी क्षति पुर्याएको आरोप लागेको प्रहरीले जनाएका छन् ।   

Image result for विप्लव

आगजनी गरेपछी फरार रहेका सिलवाललाई  प्रहरीको विशेष ब्यूरोले  तार्केश्वरको पैयुटारबाट पक्राउ परेका हो । 

सिलवाललगायत अन्य व्यक्तिहरुले कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी गरेका थिए । पक्राउ परेका सिलवालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै गरी  विशेष ब्यूरोले मोरङ केराबारी गाउँपालिका– १० बाहुनी घर भएका ४२ वर्षीय देव कुमार लिम्बुलाई पनि सोमबार पक्राउ गरेको छ । लिम्बुलाई हातहतियार तथा खरखजना संगठित अपराधमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 10 =