महिलालाई फोनमा जिस्क्याउने र अपशब्द प्रयोग गर्ने दुई जना पक्राउ

माघ १०, काठमाडौँ । बारामा प्रहरीले महिलालाई फोर गरेर बारम्बार जिस्क्याउने  र अपशब्द प्रयोग  गर्ने दुई जनालाई पक्राउ गरेको छ ।   

प्रहरीका अनुसार  कलैया उपमहानगरपालिका– १८ को एक महिलाले  पुस २० गतेदेखि आफूलाई फोन गरेर जिस्काएको र अपशब्द प्रयोग गरेर हैरान बनाएको उजुरी दिएपछी उनीहरुलाई कलैयाबाट पक्राउ गरिएको हो ।   

पक्राउ पर्नेमा बारा देवताल गाउँपालिका २ बस्ने अखिलेश यादव र भारत बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला घोडासहन थाना बस्ने इन्दल यादव रहेको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार पक्राउ परेका उनीहरुमाथी जिल्ला प्रशासन कार्यालय बाराबाट अभद्र व्यवहार मुद्दामा दिन ७ को म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =