अष्ट्रेलियामा १९ महिने बालकलाई दिईयो बीरताको पुरस्कार

  

पुस १८, अष्ट्रेलिया । अष्ट्रेलियाको जंगलमा लागेको आगो निभाउने क्रममा गत हप्ता अग्नी नियन्त्रक ज्योफ्री किटनको मृत्यु भएको थियो । बिहिबार ज्योफ्रीको अन्तिम संस्कार आयोजना गरियो जसमा उनका १९ महिने छोरालाई पिताको बहादुरीका लागि पदकबाट सम्मानित गरियो । 

ज्योफ्रीका छोरा हार्वी किटनलाई सर्वोच्च सेवा मेडलबाट सम्मानित गरिएको हो । सम्मान ग्रहण गर्ने बेला हार्वी रुरल फायर सर्भिस (आरएफएस) को ड्रेसमा थिए । त्यतिबेला हार्वीको मुखमा प्यासिफायर थियो भने उनी निकै शान्त तरिकाले पदक लगाइदिएको हेरिरहेका थिए । 

न्यू साउथ वेल्स रोयल फायर सर्भिस कमिश्नर क्रेग फिजसिमोन्सले हार्वेको शर्टको पदक लगाइदिएका हुन् । अन्तिम संस्कारमा संलग्न दर्जनौं अग्नी नियन्त्रकले ज्याफ्रीलाई सिड्नीको चिहानमा बिदाई स्वरुप सलामी दिए ।   

ज्याफ्रीको कफिनमाथि कप राखिएको थियो जसमा बुवा छोराको फोटो अंकित थियो । फोटोसँगै लेखिएको थियो, ‘ड्याडी आइ लभ यु टु द मुन एण्ड ब्याक !’ 

जंगलमा आगो निभाउने क्रममा तीनजना अग्नि नियन्त्रकको मृत्युः 

हार्वीका पिता जेफ्री किटन ९३२० ती तीन अग्नि नियन्त्रकमध्ये एक हुन् जसको हालै मृत्यु भएको छ । किटन र उनका सहयोगीको गाडीमाथि बलिरहेको रुख खस्दा गत महिना मृत्यु भएको थियो । 

आलोचनापछि ज्योफ्रीको अन्तिम संस्कारमा पुगे प्रधानमन्त्रीः 

ज्योफ्रीको अन्तिम संस्कारमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन पनि समावेश भए । अष्ट्रेलियाको डढेलो न्यूनिकरणका लागि प्रभावकारी उपाय अवलम्बन नगरेको भन्दै उनको निकै आलोचना भएको थियो । उनी आफ्नो परिवारसँग छुट्टी मनाउन हवाई गएका थिए । सामाजिक कार्यकर्ता र अग्नी नियन्त्रकहरुको बढ्दो दबाबपछि उनी फिर्ता भएका थिए । सिड्नीमा डढेलोका कारण तापक्रम ४५ डिग्रीसम्म पुगेको थियो । 

अहिलेसम्म १८ जनाभन्दा बढीको मृत्युः 

अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा डढेलोका कारण सातजनाको मृत्यु भएको छ । पछिल्लो चार महिनामा आगलागीको घटनामा अहिलेसम्म १८ जनाभन्दा बढीको मृत्यु भएको छ । थुप्रै हराइरहेका छन् । न्यू साउथ वेल्समा आगलागीपछि अहिलेसम्म हजार बढी घर जलेर खरानी भएका छन् । दक्षिण–पूर्वी अष्ट्रेलियाका तीन लाख हेक्टर क्षेत्रमा आगो फैलिएको छ । न्यू साउथ वेल्सका अधिकारीले शहरमा संकटकालको घोषणा गरेको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *