मोर्गन क्वाटरफाइनलमा

माघ १६, काठमाडौं । मोर्गन इन्टरनेसनल कलेज १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

शंखमूलस्थित आयोजक ज्ञान निकेतनको कोर्टमा मोर्गनले नोबेल एकेडेमीलाई ४५–३१ ले पराजित ग¥यो । मोर्गनका निश्चल देवकोटाले १७ अंक जोडे । इन्साइट भिजन पनि ग्लेसियरलाई ३७–२७ ले हराउदै सोही स्पर्धामा क्वाटरफाइनलमा पुग्न सफल भयो । इन्साइट भिजनका जश गुरुङले १७ अंक जोडे । 

प्लस टु ब्वाइजमै गोल्डेनगेट इन्टरनेसनल कलेजले ट्रिनिटी इन्टरनेसनल कलेजलाई ६८–५१, जेभियर इन्टरनेसनल कलेजले चाणक्यलाई ६३–४० र ह्वाइटहाउसले रिलायन्स इन्टरनेसनल एकेडेमीलाई ४१–२७ ले पाखा लगाए । गोल्डेनगेटका आशुतोष उप्रेतीले २५, जेभियरका सोनाम श्रेष्ठले ३० र ह्वाइटहाउसका सुरज बस्नेतले १६ स्कोर गरे । 

null

महानगर प्याब्सन फुटसल आइतबारदेखि 

काठमाडौं महानगर प्याब्सन कमिटीको आयोजनामा काठमाडौं महानगर प्याब्सन कप फुटसल प्रतियोगिताको पहिलो संस्करण आइतबारदेखि हुने भएको छ । 

प्रतियोगितामा ३२ छात्र टिमको सहभागिता रहने आयोजक कमिटीका अध्यक्ष मुरारीप्रकाश सन्जेलले बिहीबार विट्स एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई विभिन्न ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहमा शीर्ष स्थानमा रहने टिम मात्र सोझै क्वाटरफाइनलमा प्रवेश गर्ने छ । 

विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार पाउने आयोजक कमिटीका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक ज्ञानबहादुर श्रेष्ठले जानकारी दिए । उक्त नगद पुरस्कार आईसीएफसी फाइनान्स र हिमालयन डेन्टल अस्पतालले प्रायोजन गर्ने भएको छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगदसहित पुरस्कृत गरिने छ । 

प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेलहरु बौद्धस्थित एरिना फुटसलमा खेलाइने छ । 

गोल्डेनपिक क्वाटरफाइनलमा 

गोल्डेनपिक सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

मनमैजुस्थित एन्जल्स हार्ट स्पोर्ट्स एकेडेमीमा भएको खेलमा गोल्डेनपिकले लालीगुराँसलाई ३०–२० ले पराजित ग¥यो । अन्य खेलमा भ्याली पब्लिकले नवजीवनलाई ४०–३५, ओडिसीले नवोदितलाई २५–२० र ग्रिनफिल्डले हार्टल्यान्डलाई २३–२१ ले हराए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =