यसरी हटाउनुस् अनुहारको दागधब्बा र चाउरीपना

माघ १७ । अनुहार व्यक्तिको पहिलो आकर्षण हो । व्यक्तिलाई भेट्दा, जोकोहीको ध्यान पनि सबैभन्दा पहिले उसको अनुहारले तान्ने गर्छ । त्यसैले अनुहारको छालालाई लिएर अतिरिक्त हेरचाहा गर्ने गरिन्छ भने सानो दाग धब्बाले पनि ठूलो तनाव दिने गर्छ । बढ्दै गएको धुलो धुवाँ र चर्को घामले त्यो तनावलाई अझ बढाइदिएको छ । 

अनुहारमा आउने दागधब्बाबाट छुटकारा पाउनको लागि बजारमा पाइने सौन्दर्यका सामग्री र औषधिहरु प्रयोग गर्ने गरिन्छ । ती सामानहरु प्रयोग गर्दा केही समय दागधब्बा हराएपनि छालामा नकारात्मक असर गर्छ । सौन्दर्य सामग्रीमा प्रयोग गरिएका रसायनले स्वास्थ्यमा गम्भीर असर पारिरहेको हुन्छ । त्यसैले अनुहारको छाला राम्रो बनाउनको लागि घरेलु तथा प्राकृतिक सामान प्रयोग गर्नु नै उत्तम हुन्छ । ती सामग्रीहरुको लागि धेरै खर्च पनि लाग्दैन । 

निमको पातमा एन्टीसेप्टीक गुण हुन्छ । सौन्दर्य प्रसाधनका सामग्रीमा पनि निमको पातको प्रयोग गरिएको हुन्छ । निमको पातले अनुहारको दाग धब्बा, डण्डीफोर हटाएर अनुहार सफा बनाइदिन्छ । निमको पातमा टमाटर र काँचो दुध मिलाएर लगाउनाले अनुहारको छालामा अझ राम्रो प्रभाव पर्छ । टमाटर र दुधले अनुहारको छालामा चिल्लो पनालाई सन्तुलन बनाइदिनुका साथै छालामा चमक ल्याइदिन्छ । निमको पात, टमाटर र दुधको पेस्ट बनाएर अनुहारमा लगाउनुपर्छ । त्यो पेस्ट सुक्न थालेपछि मात्र पखाल्नुपर्छ । 

Related image

यो पेस्ट बाहेक निमको पात र दुधको पेस्ट मात्र पनि मिलाएर लगाउन सकिन्छ । पेस्ट लगाउँदा अनुहार राम्रो संग सफा गरेर लगाउनुपर्छ र लगाउँदा हात पनि सफा हुनुपर्छ । यसले अनुहारको चाउरीपना पनि हटाउँछ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *