निर्भया प्रकरण : छोरीका अपराधी फाँसीमा झुण्डिएको हेर्न चाहन्छिन् आमा

पुष २४, काठमाडौं । निर्भयाका अपराधिहरुको डेथ वारेन्ट जारी भएपछि पुरै भारतीय जनता खुशि भएका छन् । निर्भयाकी आमा आशादेवीले दोषीहरु अब २२ जनवरीसम्म आफुलाई बचाउन हरसम्भव कोशिश गर्ने बताईन् । उनले ७ वर्षदेखि संघर्ष गर्दै आएकी बताउँदै अब जनवरी २२ सम्म संघर्ष जारी राख्ने बताएकी छिन् ।   

आशादेवीको एउटै इच्छा छ ,आफ्नी छोरीको अपराधीलाई फाँसीमा झुण्डाएको हेर्ने । कानुनी रुपमा यो सम्भव नभएपनि एक पटक कोशिश गर्ने उनले बताएकी छिन् । उनले भनिन्, ‘म मेरी छोरीका दोषीहरुलाई फँसीमा झुण्डाएको हेर्न चाहन्छु । यसको लागि म जेल प्रशसन र अदाल समक्ष निवेदन दिनेछु ।’   

यता दिल्लीको द्वारका सेक्टरस्थित उनको अपार्टमेन्टको दृश्य मंगलबार भिन्न थियो । अदालतबाट निर्भयाका परिवार फर्किने प्रतिक्षामा अपार्टमेन्टका मानिसहरु तीन घण्टासम्म बाटो हेरेर बसे र राती साढे ९ बजे जब उनीहरु घर फर्किए, तब मानिसहरुले उनीहरुलाई ताली बजाएर स्वागत गरे । उनीहरुले क्यान्डल मार्च पनि निकाले । मानिसहरुले सरकारसँग अपार्टमेन्ट अगाडिको चौबाटोको नाम निर्भया चोक राख्ने माग पनि गरे । मानिसहरु राती १२ बजेसम्म त्यहाँ बसिरहे । निर्भयाका परिवारले मानिसहरुलाई धन्यवाद  दिँदै घर फर्किन आग्रह गरेपछि भीड त्यहाँबाट फर्किएको बताइएको छ । 

अशादेवीका अनुसार अअपार्टमेनटका मानिसहरुले बाहिर एउटा व्यानर पनि लगाएका छन् । त्यसमा लेखिएको छ, ‘जबसम्म निर्भयाका चार दोषीलाई फँसीमा झुन्ड्याइन्न, तबसम्म उक्त स्थानमा हरेक राती ८ बजे क्यान्डिल मार्च निकालिने छ ।’   

एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *