नेपाल मेडिकल कलेजका डाक्टरले शिशु तान्दा पाठेघर नै बाहिर निकालेर सुत्केरी आमाको मृत्यु, अस्पताल ताेडफाेड

पुस २६, काठमाडाैं । काठमाडाैंकाे जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्त्यु भएपछि लापरबाही गरेको भन्दै आफन्तले तोडफोड गरेका छन्।
भोजपुर षडानन्द नगरपालिका-८ की सुनिता राईले २४ गते राती ११ बजे बच्चालाई जन्म दिएकी थिइन्।
नवजात शिशु स्वस्थ रहे पनि सुत्केरीका क्रममा सुनिताको मृत्यु भएपछि आफन्तले लापरबाहीको आरोप लगाएका छन्। मृतककी आफन्त कला राईका अनुसार सुत्केरी गराउने क्रममा भ्याकुमले बच्चा तान्दा लापरबाही भएको हो। भ्याकुमले सुत्केरीको पाठेघरसमेत तानेर चुँडाइ दिएको उनले आ]रोप लगाएकी छिन्।

आफन्तले घुटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग समेत गरेका छन्। सो क्रममा आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका छन्।
मृतकका आफन्तका अनुसार अस्पतालमा गरिएको भिडियो एक्सरे, रगत जाँचमा सबैको रिपोर्ट नर्मल थियो । अस्पतालका डाक्टरले गर्नुपर्ने काम नर्सिङको विद्यार्थीले गर्दा सुत्केरीको मृत्यु भएको पीडितहरुकाे दाबी छ ।
सुनमायाले मेडिकल कलेजमा नै गर्भ परीक्षण गर्दै आएकी थिइन् । उनको मृत्यु भएको तीन दिन बितिसक्दा पनि अस्पताल प्रशासनले कुनै सुनुवाइ नगरेको पीडितको गुनासो छ ।
आफन्तले अस्पताल प्रशासनलाई सत्यतथ्य बाहिर ल्याउन भन्दै नाराबाजी समेत गरेका छन्। तर प्रशासनका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। अस्पतालमा तोडफोड भएपछि प्रहरीले सुरक्षा दिइरहेको छ।








