कोरोना भाइरसको उपचार खोज्न किन सकिरहेको छैन चीन ?

माघ १६, काठमाडौं । एक यस्तो भाइरस जसको जानकारी अहिलेसम्म विज्ञानमा थिएन उसले चीनमा विनाश निम्त्याइरहेको छ । अब यो भाइरस संसारको कयौँ देशमा समेत पुगिसकेको छ ।
गएको वर्षको डिसेम्बरमा चीनको वुहान शहरबाट फैलिएको उक्त भाइरसको नाम हो कोरोना भाइरस । चीनमा यसैका कारण अहिलेसम्म १३२ भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ ।
जर्मनी र जापानमा कोरोना भाइरस यस्ता व्यक्तिमा पाइयो जो अहिलेसम्म चीन गएकै थिएनन् ।

हङकङले पनि यसलाई मध्यनजर गर्दै कडा प्रतिबन्धको घोषणा गरेको छ । रुसले चीनसँग जोडिएको अधिकांश आफ्नो सीमा पूर्ण रुपमा बन्द गरेको छ । विश्वभरका स्वास्थ्य विशेषज्ञ यस समय भाइरसका कारण हाई अलर्टमा छन् ।
किन मिलिरहेको छैन यसको उपचार ?
कोरोना भाइरसको संक्रमण हुनेबित्तिकै व्यक्तिको मृत्यु हुँदैन । यसकारण उक्त भाइरसबाट संक्रमितहरुको सही आँकडा पत्ता लगाउन मुश्किल छ ।
यदी उक्त भाइरस पहिले कुन जनावरबाट फैलन सुरु भयो भन्ने कुरा पत्ता लगाउन सके यसको रोकथाममा ठुलो मद्दत पुग्ने छ ।
समुन्द्रमा पाइने जीव सेतो ह्वेल कोरोना भाइरस वाहक हुन सक्छ । तर वहानको सी फुड मार्केटमा कयौँ जंगली जिवित जनावर राखिन्छ जसमा कुखुरा, चमेरा, खरायो र सर्प मुख्य हो । यी जनावरमध्ये कुनैपनि यस घातक भाइरसको स्रोत हुन सक्छन् ।
सबैभन्दा पहिले यस भाइरसको संक्रमणको खबर फैलदाँ वैज्ञानिकहरुले भनेका थिए कि यो मानिसहरुबाट मानिसहरुमा फैलदैन । अहिले भने एक व्यक्तिले १.४ देखि २.५ मानिसहरुलाई संक्रमित गर्न सक्छ ।
यस्तो अवस्थामा, जबसम्म यसको पूर्ण उपचार फेला पर्दैन, शहरको पुर्ण रुपमा बन्द गरेर संक्रमण रोक्न सकिन्छ ।








