चितवन प्रिमियर लिग क्रीकेट हुँदै

माघ ९, काठमाडाैं । चितवन प्रीमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । नारायणगढको क्याम्पा चौरमा नारायणी एडभर्ट्टाइजिङ एण्ड इभेट्सले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
प्रतियोगिता माघ १७ गते देखि २५ गते सम्म सञ्चालन गरिने आयोजकले जनाएको छ । स्थानिय खेलाडिको प्रोत्साहनका लागि प्रतियोगिता गरिएको प्रबन्ध निर्देशक राजु चौधरीले बताए ।
प्रतियोगिताका केही खेल गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा खेलाइने चौधरीले बताए । प्रतियोगितामा चितवनका पाँच टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

भरतपुर गुर्खाज, माडी टाइगर्स, इच्छाकामना वारियर्स, सौराहा स्याण्ड्स र राप्ती र्यापिड्स रहेका छन । हरेक टिमले १९ वर्ष मुनिका दुई जना राष्ट्रिय खेलाडि अनिवार्य राख्नुपर्ने जनाएको छ ।
भने तीन जना स्थानिय खेलाडी राख्नु पर्ने प्राबधान छ । प्रतियोगिताको बिजेताले दुई लाख र उपबिजेताले एक लाख पाउनेछन । प्रतियोगितामा उत्कृष्ट खेलाडी बेस्ट बलर, बेस्ट ब्याट्स्म्यान, बेस्ट अलराउण्डरको अवार्ड दिइने बताइएको छ ।








