गुल्मीमा विप्लव समूहका जिल्ला सदस्य पक्राउ
२०७६ माघ १३ गते

माघ १३, गुल्मी । प्रहरीले गुल्मीमा विप्लव समूहका जिल्ला सदस्य आकाश भनिने गोविन्द बहादुर विकलाई पक्राउ गरेकाे छ ।
गुल्मी मुसिकोट नगरपालिका घर भएका विक आफ्नो व्यक्तिगत काम परेर जिल्ला सदरमुकाम तम्घास आएको बखत प्रहरीले उनीलाई तम्घासस्थित रेसुङ्गा नगरपालिका–२ अन्तर्गत जीप पार्कबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक खड्काका अनुसार पक्राउ परेका विकलाई हिरासतमा राखी अनुसन्धान भईरहेको छ ।

प्रहरीले पछिल्लो समयमा बिप्लव समूहले जिल्लामा चन्दा आतङ्क बढाएको भन्दै सो समूहका गतिविधिमाथि निगरानी बढाई रहेको छ ।
२०७६ माघ १३ गते
प्रतिक्रिया
सम्बन्धित








