राष्ट्रियसभामा सीमा अतिक्रमण सम्बन्धि जरुरी महत्वको प्रस्ताव दर्ता

पुस १७, काठमाडों । भारतले गरेको सीमा अतिक्रमणको विषयमा बिहीवार राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक खिमलाल भट्टराई प्रस्तावक र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सरिता प्रसाईंको समर्थनमा दर्ता भएको प्रस्तावमा नेपाल सरकारद्वारा जारी पहललाइ अझै सशक्तताका साथ अघि बढाउन र उच्च स्तरीय प्राविधिक समितिको पहललाई निष्कर्षमा पुर्‍याउन भूमिका खेल्न निर्देशन दिन आग्रह गरिएको छ । 

त्यस्तै सीमाको विषयमा सबै राजनीतिक दल नेपाली जनताको अभुतपूर्व एकता कायम राख्न पनि भनिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =