गढदेव बुद्ध पर्यटकीय क्षेत्रलाई प्रदेश १ कै पर्यटकीय क्षेत्र बनाएर लैजाने

माघ ३, काठमाडौं । गढदेव बुद्ध पर्यटकीय क्षेत्रलाई प्रदेश नं. १ कै नमुना पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना भएको १ नं. प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुशियैतले बताएका छन् ।   

बिहिबार सुनसरी क्षेत्र नं. ३ गढी गाउँपालिका–२, भमरीस्थित गढदेव धार्मिक वन समुहको प्रथम बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री कुशियैतले गढदेव बुद्ध पर्यटकीय क्षेत्रका लागि पूर्वराज्यमन्त्री तथा गढदेव धार्मिक वन समुहकी अध्यक्ष भगवती चौधरीले विशेष योगदान पुर्याएको चर्चा गर्दै सो क्षेत्रको पर्यटकीय तथा आर्थिक विकासमा गढदेब बुद्ध पर्यटकीय क्षेत्रले संभावना देखाएको जिकिर गरिन ।   

उनले उक्त क्षेत्रको विकास र पूर्वाधार निर्माणका लागि सवै सरोकारवालाहरुलाई मिलेर काम गर्न सुझाव दिए । साथै यस क्षेत्रको बिकास र बिस्तारका लागि प्रदेश सरकारले समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । उनले निर्माणाधिन बुद्धको प्रतिमा लगायतका संरचनाहरुको निर्माणका लागि चालु आ.ब.मा बजेट विनियोजन गरिएको र आगामी दिनमा समेत निरन्तरता दिने आश्वासन दिए । 

गढी गाँउपालिका–२ र दुहबी नगरपालिका–१० अन्तरगत ८.४९६ हेक्टर क्षेत्रफलमा फैलिएको वन समुहलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न समुहकी अध्यक्ष तथा पूर्वराज्यमन्त्री भगवती चौधरीको विशेष योगदान छ ।   

सभामा समुहकी अध्यक्ष चौधरीले धार्मिक वनको आ.ब. २०७६/०७७ को बार्षिक कार्ययोजना प्रस्तुत गर्दै बुद्ध प्रतिमाको बेसमेन्टको  निर्माण सम्पन्न गर्ने, बाल उद्यानको निर्माण सम्पन्न गर्ने, घेराबेरा सम्बन्धी कार्यलाई निरन्तरता दिने, नदी कटान नियन्त्रण गरी आगामी दिनमा गुरुयोजना अनुरुप बोटिङ्ग सञ्चालन गर्ने योजना रहेको बताइन् ।   

चौधरीले पर्यटकीय क्षेत्रको विकास र बिस्तार सम्बन्धि कार्यकोलागि सरोकारवाला निकायहरुसँग समन्वय तथा सहकार्य गर्दै जाने योजना रहेको जानकारी दिइन् ।   

नेतृ चौधरीले गढदेव बुद्ध पर्यटकिय क्षेत्रको अतिक्रमित जग्गाहरुको खोजी गर्ने र खोजी गरिएको जग्गाको संरक्षणका लागि समुहले उचित व्यवस्था गर्ने जनाइन् । ‘यस क्षेत्रको बिकासका विषेश गुरुयोजना बनाएर अगाडी बढ्ने सोच बनाएकी छु । स्थानीय क्षेत्रमा रहेका पर्यटकीय संभावनाका आधारलाई हामीले संरक्षण र विकास गर्न जरुरी छ ।’ चौधरीले भनिन् । उनले सो क्षेत्रका लागि आफ्नो कुनै ब्यक्तिगत स्वार्थ समेत नभएको बताउँदै जनताको जिवनस्तर उकास्न र यो क्षेत्रलाई पर्यटकीय क्षेत्रसँग जोड्ने योजना मात्र रहेको बताइन् ।  

कार्यक्रममा गढी गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले आगामी दिनमा यस क्षेत्रमा हुने कृयाकलाप र काम कारवाहीमा वडाले तयार पारेको नियम पालना गर्नुपर्ने बिचार राखे । साधारण सभामा समुहका कोषाध्यक्ष शिव कुमार बस्नेतले आर्थिक लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए । 

सभामा गढी गाउँपालिकाकी उपाध्यक्ष राज कुमारी चौधरी, नेकपा केन्द्रिय सदस्य तथा सुनसरी सह–ईन्चार्ज तैयव हुसैन लगायतको उपस्थिति थियो । गढदेव बुद्ध पर्यटकिय क्षेत्रको नवनिर्मित सभा हलमा आयोजित कार्यक्रममा वन समुहका सदस्य तथा सरोकारवालाहरु गरी ३०० जनाको सहभागिता थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eight =