दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत बिजयी

पुस २३, भारत ।  श्रीलङ्काविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी भएको छ । भारतको इन्डोरमा मङ्गलबार राति भएको खेलमा भारतले पाहुना टोली श्रीलङ्कालाई सात विकेटले हरायो । जीतसँगै भारतले तीन खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । दुई टोलीबीचको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो । 

श्रीलङ्काले दिएको एक सय ४३ रनको विजयी लक्ष्य पछ्याएको भारतले १७.३ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । भारतको लागि लोकेश राहुलले सर्वाधिक ४५ रन बनाए । श्रेयस आयरले ३४, शिखर धवनले ३२ र कप्तान विराट कोहली अविजित २४ रन बनाए । श्रीलंकाका वाविन्दु हसरंगाले दुई विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ४२ रन बनाएको थियो । श्रीलंकाका कुशल परेराले ३४, अभिस्का फर्नान्डोले २२ र दनुस्का गुनाथिलकाले २० रन बनाए । भारतका सार्दुल ठाकुरले तीन विकेट लिए । नाभदीप सैनी र कुलदीप यादवले दुई दुई विकेट लिएका थिए । तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *