अटोको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु
२०७६ माघ १० गते

माघ १०, काठमाडौं । चितवनमा अटोले ठक्कर दिँदा ५ वर्षीय बालकको मृत्यु भएको छ ।
शुक्रबार मध्यान्हको समयमा भरतपुर महानगरपालिका २८ जोगीटोलस्थित पर्साधापबाट गोलाघाटतर्फ जाँदै गरेको लु१स ७७३० नम्बरको तरकारी बोक्ने अटोले ठक्कर दिँदा पैदल यात्री ५ वर्षीय मनिष कुमालको मृत्यु भएको हो । मनिष सोही ठाउँ बस्ने २६ वर्षीय मदन कुमालका छोरा हुन् ।
ठक्करबाट गम्भीर घाइते भएका मनिषको उपचारका क्रममा मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अटो र चालक नियन्त्रणमा लिई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दिव्यनगरले जानकारी दिएको छ ।
२०७६ माघ १० गते
प्रतिक्रिया
सम्बन्धित








