बागमती नामाकरण विरुद्ध नेवा–ताम्सालिङद्वारा ३ नं प्रदेश हड्तालको घोषणा

पुष २७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेवा–ताम्सालिङ प्रदेश समितिले प्रदेश नम्बर ३ को नामाकरण बाग्मती राख्ने निर्णय कुनैपनि हालतमा मान्य नहुने भन्दै उक्त निर्णयका विरुद्ध संघर्ष गर्ने घोषणा गरेको छ ।   

आईतबार पत्रकार सम्मेलन गर्दै उक्त समितिले प्रदेश नम्बर ३ को प्रदेशसभा र सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा( को निर्णयको विरुद्धमा यही पुष २८ गते प्रदेश नम्बर ३ मा नेवा–ताम्सालिङ प्रदेशव्यापी हड्ताल गर्ने संघर्षको कार्यक्रम घोषणा गरेको हो ।   

त्यस्तै, देशभक्त जनसांस्कृतिक आन्दोलन सञ्चालन गरि नेवा–ताम्सालिङका शत्रुहरुलाई व्यापक जनकारबाही गर्ने र संयुक्त सडक आन्दोलन गर्ने कार्यक्रम पनि समितिले सार्वजनिक गरेको छ ।   

‘नेकपा ९माओवादी केन्द्र० ले अगावै प्रदेश नं. ३ को नामाकरण नेवा–ताम्सालिङ गरियोस भनी प्रदेश सरकारका अधिकारी समक्ष ज्ञापन गरिएको हो । त्यस विपरीत सत्ताधारी डबल नेकपाको गोर्खाली अन्धराष्ट्रवादी बहुमतले नेवा–ताम्सालिङको ऐतिहासिक तथा सामुदायिक पहिचान कुल्चेर कथित बाग्मती नामाकरण थोपरेकोमा खेद प्रकट गर्दै नेकपा ९माओवादी केन्द्र० नेवा–ताम्सालिङ प्रदेश समिति उक्त फोहर बाग्मती नामाकरण खारेज गर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।   

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य अरुण घिसिङले जनयुद्धमा पहिचानका मुद्दा स्थापित गर्नको लागि ठूलो संख्यामा रगत बगेको र बलिदानी भएको सुनाउँदै आज त्यसको विरुद्धमा प्रदेश नम्बर ३ को नामाकरण गरिएको भन्दै आपत्ति जनाए । ‘जनयुद्धमा पहिचानका मुद्दा स्थापित गर्नको लागि ठूलो संख्यामा रगत बगेको र बलिदानी भएको थियो । तर, आज प्रचण्डले सहिदका सपना कुल्चिँदै र उनीहरुको बलिदानीलाई मेट्दै संघीयताविरोधी र पहिचानविरोधीसँग मिलेर प्रदेश नम्बर ३ को नामाकरण बाग्मती राखिएको छ । यो हाम्रो पार्टीलाई मान्य छैन ।’ उनले भने ।   

उनले प्रदेश नम्बर ३ को नामाकरण बाग्मती राख्ने निर्णय तत्काल खारेज गर्नपनि भनेका छन् । ‘प्रदेशको नामाकरण नेवा–ताम्सिालिङ राख्नको लागि हामी जस्तोसुकै संघर्ष गर्नपनि तयार छौं ।’–घिसिङले थपे ।   

माओवादको सिद्वान्त र पहिचान मुद्दा त्यागेर एमालेकरणमा विलय भएका प्रचण्ड मण्डलीको दाहसंस्कार गर्दै गोपाल किरातीको अध्यक्षतामा नेकपा ९माओवादी केन्द्र० को पुनर्गठन आज सार्थक बनेको पनि प्रदेश समितिको ठहर छ ।   

‘माओवादी कम्युनिष्ट आन्दोलनको  विचार, भावना एवं ऐतिहासिक विरासतलाई निरन्तरता दिदै श्रमिक वर्ग, जाति, क्षेत्र, महिला तथा देशभक्तहरुको संयुक्त ९राज्यसत्ता० समाजवादी गणतन्त्र नेपाल स्थापना एक मात्र क्रान्तिकारी विकल्प बनेको छ ।’ विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *