दामनस्थित पानोरमा रिसोर्टमा आठ भारतीय बेहोस भेटिए

माघ ७,  काठमाडौं । मकवानपुरको थाहा नगरपालिका स्थित दामनमा रहेको एक होटलमा  ८ भारतीय पर्यटक बेहोस अवस्थामा भेटिएका छन् । मंगलबार विहान बेहोस भेटिएका उनिहरुलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । 

थाहा नगरपालिका ४, दामनमा रहेको एभरेस्ट पानोरमा रिसोर्टमा बसेका ८ भारतीय पर्यटक मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । 

प्रहरीका अनुसार, भारतीय पर्यटक ग्यास हिटर बालेर सुतेका थिए । यसकै कारण उनीहरू बेहोस भएको हुनसक्ने आशंका छ । यद्यपि, यसको पुष्टि हुन बाँकी छ । 

बेहोस हुने पर्यटकबारे विस्तृतमा नखुलेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *