जाडोमा ओठ फुटेर हैरान हुनुहुन्छ ? अब यसो गर्नुस्


पुस १८ । जाडोको मौसम सुरु भएसंगै धेरैको हात खुट्टा सुन्निने तथा ओठ फुट्ने समस्या देखिन्छ। यसबाट छुटकारा पाउनका लागि उनीहरु अनेक उपायहरु पनि अपनाउने गर्छ। तर केहि मात्रामा सावधानी र घरेलु बिधि अपनाउन सकियो मात्र भने पनि ओठ फुट्ने समस्याबाट निजात पाउन सकिन्छ।
के गर्ने त ?
– जाडो मौसममा घ्यु र नरिवलको तेल लगाउने गर्नाले पनि ओठ फुट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।
– ओठमा जिब्रो लाने, ओठ चुस्ने तथा चाट्ने बानी छ भने तत्काल हटाई हाल्नु पर्दछ।
– यसका अलावा ओठमा मह पनि दल्न सकिन्छ।
– प्रसस्त पानी पिउनाले पनि ओठ फुट्नबाट बचाउछ
– बाहिरी वातावरणमा जानु पर्दा लिप जेल, लिप गार्ड वा लिपस्टिक लगाउँदा पनि ओठ फुट्ने समस्याबाट बच्न सकिन्छ ।
(जाडो मौसममा सुन्तला, बदाम सेवन गर्दा पनि ओठ फुट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
तर कहिलेकाही भने विभिन्न रोगका कारण पनि ओठ फुट्न सक्छ । चिकित्सकका अनुसार जाडो मौसममा थाइराइड, इन्डोक्राइन जस्ता ग्रन्थीमा रगतको मात्र कम भएर त्यसको परिणामस्वरूप ओठ फुट्न सक्छ । एजेन्सी
