माघ ६ गते साेमबार कुन राशिकाे फल कस्ताे छ ?

आजको पञ्चाङ्ग 

वि.सं. २०७६ माघ ६। सोमबार। इ.स. २०२० जनवरी २०। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० पोहेलागा। माघ कृष्णपक्ष। एकादशी, २७:४२ उप्रान्त द्वादशी। नक्षत्र– अनुराधा, २५:२७ बजेउप्रान्त ज्येष्ठा। योग– गण्ड, १०:३२ बजेउप्रान्त वृद्धि। करण– वव, १६:२३ बजेदेखि वालव, २७:४२ बजेउप्रान्त कौलव। आनन्दादिमा मानस योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:३३ बजे र दिनमान २६ घडी ९ पला। षट्तिला एकादशी व्रत। सायन सूर्य कुम्भ राशिमा १७:२२ बजे प्रवेश। 

राशिफल 

null

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयछ सचेत रहनुहोला । यात्रामा मालसामानपनि हराउन सक्छ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कला,साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सरकारी निकाएको भय रहनेछ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । प्रेममा मनमुटाव आउनेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साथीभाईसंग समय बित्नेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक कारोवारमा सफलता पाइएला । – ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *