उजुरी परेन ‘निराला’विरुद्ध

२०७६ पुस २० गते

पुष २०, काठमाडौं । संसदीय सुनुवाइ समितिमा न्याय परिषद्का लागि सिफारिस भएका लक्ष्मीबहादुर खड्का निरालाविरुद्ध कुनै पनि उजुरी परेन । समितिको आजको बैठकमा निरालाविरुद्धको उजुरीमाथि सुनुवाइ गर्ने तय भए पनि उनीविरुद्ध कुनै पनि उजुरी नपरेकाले समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
निरालाविरुद्ध उजुरी दिनका लागि समितिले १० दिनको म्याद दिएको थियो । यही पुस ३ गते मन्त्रिपरिषद्को बैठकले निरालालाई परिषद् सदस्यका लागि सिफारिस गरेको थियो ।
उनको आजै समितिमा सुनुवाइ हुँदैछ ।

२०७६ पुस २० गते
प्रतिक्रिया
सम्बन्धित