नयाँ वर्ष २०२० को अवसरमा टाटा मोटर्सले ल्यायो नयाँ कार योजना

पुस १६, काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले नयाँ वर्ष २०२० को अवसरमा नयाँ वर्ष नयाँ कार योजना ल्याएको छ ।
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले ल्याएको उक्त योजनामा सहभागी हुन ग्राहकले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।
साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा रु. १,००,००० सम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलाई स्योर सर्ट सिंगापुर क्रुज डिनर लगायतका विशेष आर्कषणहरु रहेका छन् ।
null
साथै नयाँ वर्षको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा पाल्नुभइ नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनुहुन कंम्पनिले अनुरोध गरेको छ । यो योजना जनवरी २०२० सम्म मात्र लागू हुनेछ ।
टाटा मोटर्सका बारेमा
४४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा मोर्टस् लिमिटेड कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो । ११० अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा ग्रुपको एक हिस्सा टाटा मोटर्स भारतकै र बृहत् रेन्जमा इन्टिग्रेटेड, स्मार्ट तथा इ–मोबिलिटी सलुसनहरू प्रदान गर्ने एकमात्र ओइएम हो ।
बेलायतमा रहेको ज्यागुअर, ल्यान्डरोभर तथा दक्षिण कोरियास्थित टाटा डेइवुसहित १३४ वटा सशक्त सहायक कम्पनीहरूको विश्वव्यापी संजालमार्फत् टाटा मोटर्स बेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसिया टाटा मोटर्स् सञ्चालनमा छ ।
इन्जिनियरिङ तथा प्रविधिद्वारा संचालित अटोमेटिभ सलुसनहरू गर्नमा केन्द्रित टाटा मोटर्स् भारतीय बजारमा कमर्सीयल गाडीको बिक्रेताका रुपमा अग्रस्थानमा छ भने प्यासेन्जर गाडीको अत्यधिक ब्रिकी गर्न सफल उत्कृष्ट चार कम्पनीहरूमा पर्दछ ।
जेननेक्स्ट कस्टमरहरूको अवधारणामा आधारित रही टाटा मोर्टसले सर्वोत्कृष्ट डिजाइन र भारत, बेलायत, ईटली तथा दक्षिण कोरियामा रहेका आर एण्ड डी सेन्टरहरूबाट अभिप्रेरित भई नयाँ नयाँ उत्कृष्ट उत्पादनहरू ल्याउने चाहना टाटा मोर्टसले लिएको छ ।
अन्तर्रा्ष्ट्रिय स्तरमा टाटाका कमर्सियल तथा प्यासेन्जर गाडीहरू अफ्रिका, मध्यपूर्व, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, दक्षिण अमेरिका, अस्ट्रेलिया, रूस, लगायत विश्वका विभिन्न देशहरुमा बिक्रीवितरण गरिन्छ ।








