मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

  

पुस २२,ओखलढुंगा । सोमबार राती ओखलढुंगामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् ।   

ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा  बा ६५ प ७४७३ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक र सोही मोटरसाइकल पछाडी बस्ने अर्का एक व्यक्ति घाइते भएका हुन् । 

Image result for मोटरसाइकल अनियन्त्रित भई दुर्घटना

मृत्यु हुनेमा सुनकोशी–३ कै ४५ वर्षीय शेरबहादुर मगर रहेका छन् भने घाइते हुनेमा सिस्नेरीकै कुमार भनिने काशीराम थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिएका छन् ।   

निरीक्षक बस्नेतका अनुसार घाइते थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बल्खुबाट सिस्नेरी घरतर्फ फर्किदै गर्दा मोटरसाइकल  अनियन्त्रित भई सडकबाट खोल्सामा खसेर  दुर्घटना भएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *