आफ्नो पार्टनरको पटक्कै मन नपर्ने केही बानीहरु

पुस १८ । जीवनसाथी भनेको एक रथका दुई पाङ्ग्रा हुन् । एउटा बिग्रिए अर्को चल्दैन । जीवनसाथी लामो रेसको घोडा हुन् र जीवनसाथीमा एक अर्काबिच सुख दुःख समर्पित हुन्छ । अनि एक अर्काप्रति सम्मान र माया पनि । तर तर हिजो आज कतिपय सम्बन्धहरु बीचमै टुट्ने र तोडिने पनि भइरहेको छ । 

एक अर्काबीच बैचारिक द्वन्द्व बढेको छ । पारिवारिक बेमेलको अवस्था छ । त्यसैले दाम्पत्य जीवनमा खटपट र उतारचढाव आइरहेको छ । एकले अर्कालाई विश्वास गर्ने आधार टुटिरहेको छ । सानोतिनो समस्याले पनि सम्बन्ध नै समाप्त भइरहेको छ । आखिर कारण के हो त रु यसबारे हामीले सानो टिप्स तयार पारेका छौँ । 

श्रीमतीको यी बानी जुन श्रीमानलाई पटक्कै मन पर्दैनः 

Related image

१. अरुको प्रशंसा श्रीमानसँग अरु केटी वा आफ्नो साथीको श्रीमतीको प्रशंसा गर्दा श्रीमती रिसाउँछिन् भने तपाईको यो बानी लाई पटक्कै मन पर्दैन । 

२. यौन सम्बन्धलाई हतियार बनाउनु : कतिपय महिलाहरु यस्ता हुन्छन् आफूलाई श्रीमानसँग रिस उठेको छ भने शारीरिक सम्बन्धलाई हतियार बनाउँछन् । श्रीमतीको यस्तो बानी जुन श्रीमानलाई पटक्कै मन पर्दैन । 

३. घुमाउरो कुरा गर्ने : आफ्नो श्रीमती अर्थात् जीवनसाथीले घुमाएर कुरा गर्छन भने पुरुषहरुलाई मनै पर्दैन । उनीहरु जिम्मेवारीको बोझ र तनावमा हुन्छन् । र उनीहरु सिधा कुरा गरिदियोस् भन्ने चाहन्छन् । 

४. व्यक्तिगत कुरामा घोचपेच : व्यक्तिगत कुराहरुलाई घोचपेच गर्ने श्रीमतीको बानी पनि पुरुषहरु पटक्कै मन पराउँदैनन् । आफ्नो परिवारको कुरालाई लिएर झटारो हानिरहने तपाईको बानी छ, भने तपाईको जीवनसाथीलाई पटक्कै मन पर्दैन । 

५. लगातार बोलिरहने: धेरै महिलाहरुको बानी हुन्छ बोलिरहने । आवश्यक कुरा मात्र नभएर अनावश्यक कुरामा पनि कचकच गरिरहने । तर पुरुषहरु ठिक्क अर्थात् चाहिने कुरा मात्र बोलोस् भन्ने चाहन्छन् । 

६. सपिङको लत: कतिपय युवती अर्थात् महिलाहरुको बानी हुन्छ कि जे देख्यो त्यहि किनिहाल्नु पर्ने । अर्काले लगाएको देख्यो कि किनिहाल्नु पर्ने । श्रीमानसँग पैसा छ कि छैन मतलब नै नगर्ने । तर पुरुषहरु यो मन पराउँदैनन् । 

७. शंका गर्ने बानी : कोहिसँग बोलेको देख्यो कि शंका गर्ने श्रीमतीको बानी छ, भने पनि पुरुषहरु पटक्कै मन पराउँदैनन् । कुरा नबुझी शंका गर्ने श्रीमतीको बानी छ भने उनीहरु सहन सक्दैनन् । 

श्रीमतीलाई मन नपर्ने श्रीमानका यी बानीहरु : 

१. अरु केटीसँग तुलना : कोहि पनि केटि अर्थात् युवतीहरु पटक्कै मन पराउँदैनन्, आफूलाई अरुसँग दाँजेको । तर पुरुषहरुको बानी हुन्छ कि आफ्नो श्रीमतीलाई अरुसंग दाँज्ने । 

२. श्रीमतीको साथीबारे चासो राख्नु : श्रीमानले अरुको बारेमा या आफ्नै मिल्ने साथीको बारेमा चासो राखेको कुनै पनि महिलाले मन पराउँदिनन् । आफ्नो साथीको सकारात्मक या नकारात्मक कुनै पनि कुरामा चासो राखेको उनिहरु मन पराउँदैनन् । 

३. शंका गर्ने बानी : कतिपय पुरुषहरुको धेरै शंका गर्ने बानी हुन्छ । उनीहरु कुरै नबुझी श्रीमतीमाथि शंका गर्छन् । अरुको कुरा सुनेकै भरमा गालीगलौज गर्छन् । तर श्रीमतीलाई यस्तो बानी पटक्कै मन पर्दैन । जसले सम्बन्धमा नै खटपट पनि ल्याउँन सक्छ । 

४. पूर्वप्रेमीको बारेमा सोधखोज गर्नु : पुरुषहरुको अर्थात् श्रीमानको बानी हुन्छ आफ्नो पार्टनरको पूर्वप्रेमीबारे चाँसो राख्ने, सोधीखोजी गर्ने तर श्रीमतीलाई उनीहरुको यो बानी मन पर्दैन । युवतीहरु बितेका कुरा कोट्याउन चाहँदैनन् । 

५. लोभ गर्ने बानी भएका पुरुषहरुलाई युवतीहरु मन पराउँदैनन् । 

६. सरसफाई : महिलाको तुलनामा पुरुषहरु सरसफाईमा कमै ध्यान दिन्छन् । समय समयमा सेभिङ गर्ने, कपाल काट्ने, नुहाउने, नङ काट्ने बानी नभएका पुरुषलाई युवतीले मन पराउँदैनन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *