निर्भया : एक दोषीद्वारा आत्महत्याको प्रयास

माघ ३, काठमाडौं । कडा सुरक्षा र सिसिटिभी क्यामेराको निगरानीका बावजुद निर्भया बलात्कार घटनाका दोषी विनय शर्माले तिहाड जेलमा फासी लगाएर आत्महत्या गर्ने प्रयास गरेका छन् । 

कारागार श्रोत तथा विनयका वकिल एपी सिंहले दाबी गरेका छन् कि यो घटना बुधबार बिहानको हो । सुरक्षाकर्मिले उनलाई समयमै बचाउन सफल भए । विनयले झुण्डिएर आत्महत्या गर्ने प्रयास गरे पनि त्यहाँ तैनाथ रहेका सुरक्षाकर्मीले उनलाई जोगाएका थिए । तर कारागारका महानिर्देशक सन्दीप गोयलले यो घटनालाई स्वीकार गरेका छ्रनन्। 

श्रोतका अनुसार विनयलाई मेडिकल इन्स्पेक्शन रूममा २४ घण्टासम्म डाक्टरको निगरानीमा राखिएको थियो । घटनापछि जेल नम्बर २ मा रहेका विनयसहित मुकेश, अक्षय र पवनलाई जेल नम्बर ४ मा सिफ्ट गरिएको बताइएको छ ।   

एजेन्सी   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *