संचारमन्त्री बाँस्कोटाकाे दीपकराज गिरीलाई गतिलो प्रहार

पुस २८, काठमाडौँ । सुचना तथा संचार प्रविधी मन्त्री गोकुल बाँस्कोटाले भाग्य भनेर चलचित्र चलाउनेहरुमाथि गतिलो प्रहार गरेका छन् ।   

चलचित्र संघको ४६ औं साधारण सभामा पुगेका  मन्त्री बाँस्कोटाले   भाग्य भनेर चलचित्र चलाउनेहरुमाथि  व्यङ्ग गर्दै भाग्यले नभएर सृजनाले चलाउनु पर्ने बताए ।   

उनले निर्माता तथा कलाकार  दीपकराज गिरी तर्फ ईशारा गर्दै भाग्ले मात्र चलचित्र नचल्ने बताए । उनले भने ‘दीपकराज गिरीको चलचित्रले करोडौ कमायो रे । फेरि उहाँहरुले चलचित्रको नाम ‘६’ भन्दा बाहिर गएर राख्नु हुन्न रहेछ । ‘६’ उहाँहरुको भाग्य रे । भाग्यले मात्र चलचित्र चल्दैन नि त । चलचित्र त क्रियशनले चल्ने हो ।’ 

दीपकराज गिरीले चलचित्रबाट गर्ने आम्दानीलाई उनले राम्रो कमाइको दर्जा दिएका छन् । उनले थपे–‘उहाँहरुले राम्रै कमाई गर्नु भएको छ । तर, त्यो पैसा भाग्यले मात्र कमाएको होइन । मलाई लाग्छ, उहाँहरुको क्रियशन राम्रो थियो त्यसैले चलचित्र चलेको होला ।’ 

उनले चलचित्र क्षेत्रले आफू जस्तो मन्त्री पाउनु गर्वको कुरा भएको बताउनुको साथै चलचित्र क्षेत्रले आफूलाई खासै चासो नदिएको गुनासो समेत पोखे ।   

त्यसैगरी यस  साधारण सभाबाट अध्यक्ष पदमा मधुसुदन प्रधान निर्विरोध चयन भएका छन् ।   

हल संचालक तथा वितरकहरुको साझा संस्थाको रुपमा रहेको ‘नेपाल चलचित्र संघ’को नयाँ कार्यकाल मधुसुद आगामी डेढ वर्षसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् ।   

यस साधारण सभाले १३ जना सदस्य पनि निर्विरोध चयन गरेको छ । निर्विरोध चयन हुने सदस्यमा अशोक शर्मा, गोपालकाजी कायस्थ, भाष्कर ढुंगाना, अर्जुन श्रेष्ठ, गोविन्द शाही, कपिल प्रसाद द्धा, विक्रम पराजुली, देवेन्द्र खड्गी, कुवेर शर्मा, निरज कार्की, कैलाश ढकाल, त्रिरत्न मानन्धर, निरज गुप्ता रहेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *