पिकअप गाडीमा ६३ किलो गाँजा र अफिम, दुई पक्राउ

माघ १६, काठमाडौँ । मकवानपुरको हेटौडामा  बा ३ च ५९९७ नम्वरको एक पिकअप भ्यानमा  ६३ किलो गाँजा र तीनसय ग्राम अफिमसहित दुई जना पक्राउ परेका छन् ।   

हेटौडा उपमहानगरपालिका– १९ नेवारपानीबाट हेटौडातर्फ जाँदै गरेको  उक्त भ्यान चेकजाँच गर्ने क्रमममा  गाँजा र अफिम ओसार पसार गर्दै गरेको अवस्थामा ती दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।   

पक्राउ पर्नेमा गाडी चालक बारा पर्सौनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २८ का रामजी शाह तेली र बारा अर्दस कोतवाल गाउँपालिका २ का बर्ष ३० का प्रेम पटेल रहेको प्रहरीले जनाएको छ ।   

मकवानपुरका प्रहरी प्रमुख सुशीलसिंह राठौरका अनुसार उनीहरुले पिकअप गाडीको पछाडिको भागमा फल्स बटम बनाइ लुकाएर गाँजा र अफिम ल्याएका थिए ।   

प्रहरीका अनुसार गाँजा तस्करीमा संलग्न हुनेहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार दुई बर्षदेखि १० बर्षसम्म कैद र १५ हजारदेखि एक लाखसम्म जरीवाना र सवारी जफत हुने व्यवस्था छ । 

यस्तै अफिम तस्करीमा संलग्नलाई सोही ऐन अनुसार १५ बर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाखसम्म जरीवाना र तस्करीमा संलग्न सवारी जफत गर्ने व्यवस्था छ । उनीहरु दुवैलाई सोही आधारमा मुद्धा चलाई थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =