मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

माघ ९ गते बिहिबार, यस्ताे छ आजकाे पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग 

वि.सं. २०७६ माघ ९। बिहीबार। इ.स. २०२० जनवरी २३। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० पोहेलागा। माघ कृष्णपक्ष। चतुर्दशी, २६:०१ उप्रान्त औंसी। नक्षत्र– पूर्वाषाढा, २५:३० बजेउप्रान्त उत्तराषाढा। योग– हर्षण, २७:२१ बजेउप्रान्त वज्र। करण– भद्रा, १४:०० बजेदेखि शकुनि, २६:०१ बजेउप्रान्त चतुष्पद। आनन्दादिमा धाता योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ६:५६ बजे, सूर्यास्त– १७:३५ बजे र दिनमान २६ घडी ७ पला। लैचह्रे पूजा। 

०९ माघ २०७६ बिहिवारको राशिफल 

null

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ व्यक्ति संग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सहकर्मीबाट विरोध आउला । गरेको कार्यमा अवरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । सन्तानपक्षको मायामा कमी आउनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरूले सापटी लगेको रकम फिर्ता पाइनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । समाजसेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । मनमा दुविधा उत्पन्न हुनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमाइलो यात्रा रहला । प्रतिस्पर्धात्मक कार्यमा सफलता हात पर्ला । सन्तान सुखपनि मिल्नेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ काम सुरु गर्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला । विद्या र बुद्धिको विकास हुनेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दबाब र तनाव बढेको महसुस हुनेछ । विरोधीहरूले काममा तगारो हाल्ने प्रयास गर्नसक्छन् । सकेसम्म कम बोल्ने र आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुन्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) वैदेशिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । एक–अर्काको भावना बुझेर काम गर्नसके दाम्पत्य जीवन सुमधुर रहनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिकृयाहरु
Loading...