वानअप इभेन्ट र प्याब्सनबीच सम्झौता

माघ ७, काठमाडौं । वानअप इभेन्ट एण्ड मिडिया सोलुसन प्रालि र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बिच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।   

आज (मंगलबार) काठमाडौंमा आयोजित एक समारोहका बिच प्याब्सनका अध्यक्ष टिकाराम पुरी र वानअप इभेन्ट एण्ड मिडिया सोलुसन प्रालिका सिइओ रवि झाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरे ।   

योसँगै फागुन २१ देखि २४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘प्याब्सन नेश्नल स्कुल एक्स्पो एण्ड समिट’ को सम्पूर्ण व्यवस्थापन वानअप इभेन्ट एण्ड मिडिया सोलुसन प्रालिले गर्नेछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *