इन्जिनयरिङ कलेजमा जिज्ञासु हाजिरीजवाफ प्रतियोगिता

माघ ३, काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीको समूह सेन्टर फर एप्लाइड रिसर्च एण्ड रुरल डेभलपमेन्ट (कार्ड) को आयोजनामा कलेजमा जिज्ञासु ३.० हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।   

कलेजमा शोध क्षेत्रमा उल्लेखनीय क्रियाकलापहरु सम्पन्न गरिसकेका विद्यार्थीहरुले कार्ड गठन गरेका हुन् । 

प्रतियोगितामा सम्राट पराजुली, पवन राइन, किशोर पाठकको समूह पहिलो र सुदीप रिजाल, जनक परियार तथा सविना चालिसेको समूह दोस्रो भएको थियो । सन् २००८ मा स्थापित कार्डद्वारा टेक्नोलोजिकल हाजिरीजवाफ प्रतियोगिता जिज्ञासु ३.०, एप्लाइड रिसर्च तथा इनोभेसनमा जान तथा सीप विकास गर्नका निम्ति सञ्चालन गरिएको छ ।   

कार्ड परिवारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा इन्जिनियरिङ इनोभेसनमा आफ्नो प्रतिभा प्रस्तुत गर्न सफल भएको छ । समाजमा आइपर्ने चुनौतीहरुलाई इन्जिनियरिङ क्षेत्रबाट सहजीकरण गर्ने उद्देश्यले कार्डको स्थापना गरिएको आशुतोषमणि त्रिपाठीले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 12 =