गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता

माघ ५, काठमाडौं । गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहाको मुद्दा दर्ता गरेको छ । गायिका राउतविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले जिल्‍ला प्रशासन कार्यालय काठमाडौंमा अभद्र व्यवहारको उजुरी दिएको हो। 

बुधबार त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँचको क्रममा राउतले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौं प्रहरी परिसरमा मुद्दा दर्ता भएको हो । 

महानगरिय प्रहरी परिसरका अनुसार जिल्ला प्रशासन कार्यालयबाट गायिका राउतविरुद्ध पक्राउ पुर्जी जारी हुनेछ । पुर्जी जारी भएलगत्तै राउतलाई पक्राउ गरिने प्रहरी श्रोतले बतायो ।   

Image result for astha raut

बुधबार काठमाडौंबाट भद्रपुर विमानस्थल जाने क्रममा महिला प्रहरीले आफूलाई दुर्व्यवहार गरेको भन्दै गायिका राउतले फेसबुक लाइभमार्फत प्रहरीलाई गाली गरेकी थिइन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *