रंगशालामा महायज्ञका लागि बनाईयो समिति

माघ २ चितवन ।   चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना गर्न लागिएको बृहत धनधान्याचल महायज्ञका लागि १ हजार १ सय ११ सदस्सीय मुल आयोजक समितिको घोषणा गरिएको छ । 

 प्रदेश सभा सांसद बिजय सुवेदीको संयोजकत्वमा समितिको घोषणा गरिएको हो । 

 आज बिहीबार रंगशाला निर्माणस्थल रामपुरमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले समितिको घोषणा गरिन् । समितिको सह–संयोजकमा प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठ रहेका छन् ।  उपसंयोजकमा चितवनका ७ पालिका र गैडाकोट नगरपालिका प्रमुख, भरतपुर महानगरपालिका उपप्रमुख, जिल्ला समन्वय समिति उपप्रमुख, राजु श्रेष्ठ, भेषराज दुवाडी, दिर्घमान श्रेष्ठ, राजन गौतम, बेल बहादुर गुरुङ र दिनेश राठी रहेका छन् ।  

समितिको महासचिवमा दिनेशकुमार चुके, उपमहासचिवमा राजु पौडेल, चुननारायण श्रेष्ठ, आरसी अधिकारी, रामबाबु ढकाल र कोषाध्यक्षमा शंकर कंडेल रहेका छन । समितिमा जिल्लाका सबै जनप्रतिनिधि, राजनीतिक दल, उद्योगी व्यवसायी, खेलाडी, संघसंस्था लगाएतका सबै सरोकारवालाई समावेश गरिएको छ । आगामी माघ १९ गतेदेखि २६ गतेसम्म रंगशाला निर्माणस्थल भरतपुर १५ मा नै धनधान्यान्चल गर्न लागिएको प्रदेशसभा सदस्य तथा संयोजक विजय सुवेदीले जानकारी दिए ।  

धनधान्यान्चलको प्रमुख वाचक पण्डित दिनबन्धु पोखरेल रहने छन् । महायज्ञबाट ५० करोड आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञ उदघाटन समारोहमा २१ खेलका सबै राष्ट्रिय खेलाडीहरुको उपस्थिति हुने र उनीहरुबाट नै महायज्ञ उद्घाटन गराउने योजना रहेको धुर्मस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मस)ले जानकारी दिए । धुर्मस–सुन्तली फाउण्डेशनको नेतृत्वमा झन्डै ३ अर्व रुपैयाको लागतमा रंगशाला निर्माण गर्न लागिएको हो । रंगशालाका लागि पछिल्लो समय आर्थिक सहयोग गर्नेहरुको संख्या वढ्दै गईरहेको छ भने श्रमदान गर्नेहरु पनि उल्लेख्य छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 3 =