आज माघ १३ गते साेमबार, यस्ताे छ तपाईकाे याेगफल

आजको पञ्चाङ्ग 

वि.सं. २०७६ माघ १३। सोमबार। इ.स. २०२० जनवरी २७। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष। तृतीया, ३०:३८ उप्रान्त चतुर्थी। नक्षत्र– शतभिषा, ३२:१० बजेउप्रान्त पूर्वभाद्रपदा। योग– वरियान्, २६:१० बजेउप्रान्त परिघ। करण– तैतिल, १७:४१ बजेदेखि गर, ३०:३८ बजेउप्रान्त वणिज। आनन्दादिमा अमृत योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ६:५५ बजे, सूर्यास्त– १७:३९ बजे र दिनमान २६ घडी ८ पला। पञ्चक। 

राशिफल 

null

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा चल्नेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामान हराउने वा चोरी हुने भयछ । टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्नेजस्ता समस्याले सताउन सक्छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम सम्बन्ध कसिलो होला । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकाएबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । कष्टकर यात्रा गर्नुपर्ला । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोवारमा मन्दी आउनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सानातिना बाधा–अड्चन आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । पुनर्मिलनको योग रहेको छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कसैसित कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । परिवारीक समस्याले सताउनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *