सलमानलाई गोवामा प्रतिबन्ध लगाउन माग

माघ १७, काठमाडौँ । भारतीय अभिनेता सलमान खानले फ्यानलाई दुर्व्यवहार गरेपछि उनलाई गोवामा प्रतिबन्ध लगाउन माग गरिएको छ ।   

गत मंगलबार  गोवा एयरपोर्टमा उनीसँग सेल्फी खिच्दै गरेका  एक फ्यानलाई दुर्व्यवहार गरेपछी उनले माफी नमागे सम्म उनलाई गोवा प्रवेशमा गर्न प्रतिबन्धको माग गरिएको हो ।   

चलचित्र  ‘राधे’ को सुटिङपछी गोवाबाट फर्केका सलमानले  एयरपोर्टमा उनीसँग सेल्फी खिच्न खोजेपछी उनले रिसाएर उनको मोवाइल नै खोसेर एयरपोर्टबाट बाहिर निस्किएका थिए । उनको उक्त भिडियो सामाजिक संजालभरी भाइरल भएपछी चौतर्फ उनको बिरोध भईरहेको थियो ।     

Image result for सलमान खान

उक्त भिडियोको विरोधमा काँग्रेस निकट भारतीय विद्यार्थी संघले सलमानलाई गोवामा प्रतिबन्ध लगाउन माग गरेका हुन् ।  उनीहरूले गोवाका मुुख्यमन्त्री प्रमोद सावन्तलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ, ‘अभिनेता सलमान खानले आक्रोशित हुँदै एक फ्यानको फोन खोसेको घटनाप्रति माफी नमागेसम्म उनलाई गोवा प्रवेशमा प्रतिबन्ध लगाउनुपर्छ।’ 

भारतीय जनता पार्टीका गोवा सचिव नरेन्द्र सवाइकरले पनि ‘सेलिब्रेटी भएको कारण फ्यानहरूले तपाईसँग सार्वजनिक स्थानमा सेल्फी लिन्छन्। तपाईले गनुभएको व्यवहार अपमानजनक लाग्यो। त्यसैले तपाईले सार्वजनिक रूपमा माफी माग्नुपर्छ।’ भनेर ट्वीटरमा ट्वीट गरेका छन् ।   

  सलमानले आफ्नो फ्यानलाई यस्तो व्यवहार गर्नु यो पहिलो घटना भने होईन् । यस अघी पनि उनले आफ्ना थुप्रै फ्यानको यसरी नै मोवाईल खोसेर रिस देखाएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *