म्यानचेष्टर सिटी र युनाइटेड एफए कपकाे अन्तिम १६ मा

माघ १३, काठमाडौं । म्यानचेष्टर सिटी र म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । दुवै क्लबले फराकिलाे जित दर्ता गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेका हुन् । 

म्यानचेष्टर सिटीले च्याम्पियनसिप क्लब फुलहमलाई ४–० ले हरायो भने म्यानचेष्टर युनाइटेडले तेस्रो श्रेणीको क्लब ट्रानमेर रोभर्सलाई ६–० ले पराजित गर्दा प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टिम लिभरपुल भने बराबरीमा रोकिएको छ । 

कर्टिस जोन्सले १५औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ४६औं मिनेटमा श्रेवसवरी टाउनका डोनाल्ड लभले आत्मघाती गोल गर्दा लिभरपुलले २–० को अग्रता बनायो। तर जासोन कमिङ्सले दुई गोल फर्काउँदै खेल बराबरी गरे । ६५ औं मिनेटमा पहिलो गोल गरेका जासोनले ७५ औं मिनेटमा पेनाल्टीबाट दोस्रो गोल गरे । बराबरीमा खेल सकिएपछि लिभरपुलले फेरि श्रेवसवरी टाउनसँग खेल्नुपर्नेछ । 

गाब्रिएल जेससले सिटीका लागि दुई गोल गरे । इकाए गुन्डागोन र बर्नानर्डो शिल्भाले एक/एक गोल गरे । खेलको छैटौं मिनेटमै टिम रेइमले रातो कार्ड पाएपछि फुलहम दश खेलाडीमा झरेको थियो। त्यसको फाइदा उठाउँदै सिटीले दुवै हाफमा दुई-दुई गोल गरेको हो । गुन्डागोनले ८ मिनेटमा पेनाल्टीमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । १९ औं मिनेटमा शिल्भाले अग्रता दोब्बर पारे । 

दोस्रो हाफमा जेससले तीन मिनेट अन्तरमा दुई गोल गरे । उनले ७२ औं र ७५ औं मिनेटमा गोल गरे । 

उता युनाइटेडले पहिलो हाफमै पाँच गोल गर्दा दोस्रो हाफमा एक मात्र गोल गरेको थियो । ६ फरक खेलाडीले गोल गर्दा नयाँ कप्तान ह्यारी मगुएरले पनि युनाइटेडका लागि पहिलो गोल गरे । उनले १०औं मिनेटमा गोल गरे । यस्तै डिएगो डालोटले १३ औं, जेस लिनगार्डले १६ औं , फिल जोन्सले ४१ औं र एन्टोनी मार्सिएलले ४५ औं मिनेटमा गोल गरे । मासोन ग्रिनउडले ५६ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *