प्रहरीलाई तथानाम गाली गर्ने गायिका आस्था राउतलाई लाग्न सक्छ साइवर क्राइम

माघ ३, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षार्थ खटिएकी महिला प्रहरी माथि दुर्व्यवहार गरेको आरोपमा गायिका आस्था राउतमाथि कारबाही हुने भएको छ । प्रहरी कर्मचारीलाई बुधबार दुर्व्यवहार गरेको प्रारम्भिक प्रतिवेदनका आधारमा लोकप्रीय गायिका राउतमाथि कारबाही हुने भएको हो । 

बुधबार विमानस्थलमा सिक्कीम टुरका क्रममा भद्रपुर जाने क्रममा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको प्रतिवेदनका आधारमा प्रहरीले राउत माथि कारबाही गर्ने भएको छ । 

विमानस्थल सुरक्षा कार्यालयले राउत र प्रहरी जवान श्रेष्ठबीच भएको कुराकानीको भिडिओ तथा त्यसबेला रेकर्ड भएको सिसिटिभी फुटेजसमेतको प्रतिवेदन संकलन गरेर महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा पठाएको छ । 

प्रतिवेदनमा जवान श्रेष्ठले आफूमाथि दुर्व्यवहार भएको उल्लेख गरेकी छिन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सो प्रतिवेदनको आधारमा राउतमाथि अभद्र व्यवहार गरेको कसूरमा कारबाही गरिने छ । 

प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले प्रतिवेदन थप अध्ययनसमेत गरेर गायिका राउतलाई कानुनी दायरमा ल्याउने जानकारी दिए । उनका अनुसार प्रहरी जवान श्रेष्ठको दाबी पुगे गायिका राउतमाथि अभद्र व्यवहार कसूरमा मुद्दा अघि बढ्नेछ ।   

राउतले भिडियोमा प्रहरीले आफु माथि दुर्व्यहार गरेको आरोप लगाएपनि उनले अहिलेसम्म कानुनी रूपमा प्रहरीमा कुनै उजुरी गरेकी छैनन् । श्रेष्ठले ड्युटीका बखत गल्ती गरेको भए उनीमाथि पनि आचरण–व्यवहारमा कारबाही हुने छ । 

प्रहरीले सो घटनालाई लिएर गायिका राउतले बाहिर ल्याएको भिडिओ पनि प्रहरीले संकलन गरेको छ । महानगरीय कार्यालयका अनुसार सो भिडिओका आधारमा राउतलाई साइबर अपराधसम्मको कसूरमा अनुसन्धान गरिने छ । भिडिओमा प्रहरीमाथि अभद्र शब्द प्रयोग गरी गालीगलौज गरीएकोले साइबर अपराध आकर्षित हुने प्रहरीको भनाई छ ।   

यो कसुर प्रमाणित भएमा प्रमुख जिल्ला अधिकारीले आरोपीविरुद्द ५ महिनादेखि एक वर्षसम्म कैद वा ५ सयदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय गराउन सक्नेछन् । 

यो भिडियो पनि हेर्नुहोस 

भिडियाे स्राेत लाेकान्तर न्यूज 

https://youtu.be/9H81WTxbaFk 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *