कृष्ण भण्डारीको “मलाई हैन तिमीलाई सुखी” सार्वजनिक

पुस २४, काठमाडौँ ।  गायक तथा संगीतकार कृष्ण भण्डारीको नयाँ गीत “मलाई हैन तिमीलाई सुखी”को म्युजिक भिडियो बुढा सुब्बा डिजिटल मार्फत सार्वजनिक भएको छ । 

पुष्प अन्जान र पृथिबी पुत्रको शब्द तथा गायक संगीतकार कृष्ण भण्डारीको आफ्नै संगीत रहेको गितको भिडियोलाई आवेश बज्राचार्यले छायांकन गरेका छन् भने निर्देशक प्रहिल कार्कीले आकर्षक ढंगले निर्देशन गरेका छन् । 

माया प्रेम तथा धोकाको संयोजनमा तयार पारिएको म्युजिक भिडियोमा मोडल सुजना बर्देवा, मोडल रमेश लुईटेल र मोडल सुनिल श्रेष्ठलाइ फिचर्ड गरिएको छ ।  

अन्जिता कंडेलको कोरियोग्राफी तथा कथा रहेको भिडियोमा राज पाण्डेको मेकअप रहेको छ । भजन सम्राटको रुपमा प्रख्यात गायक कृष्ण भण्डारीको दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक बजारमा सार्बजनिक भईसकेको छ । म्युजिक भिडियोलाइ निर्माता हेमन्त भट्टराईले निर्माण गरेका हुन् । 

 भिडियो हेर्नुहोस: 

  

https://youtu.be/In2QYUUWGs0 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =