नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन हुँदै

पुस १६, काठमाडौं । २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजनाको नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ भएको छ । नेपाल भ्रमण वर्ष २०२०को औपचारिक उद्घाटन दशरथ रंगशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले गर्दैछिन् ।   

समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विशेष सम्बोधन गन कार्यक्रम छ । उद्घाटन कार्यक्रममा पाँच देशका पर्यटनमन्त्री, १८ देशबाट ३५ वटा विदेशी सञ्चारमाध्यका प्रतिनिधिलगायत सहभागी छन् ।   

उद्घाटन सत्रलाई भब्यता बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति तथा नेपाली कलाकारको सांगीतिक प्रस्तुति समेत छ । उद्घाटनमा ‘नेपाल घुम्न आउ’ भन्ने सन्देश सहितको नयाँ भ्रमण वर्ष प्रवद्र्धनात्मक संगीत सार्वजनिक गरिने कार्यक्रम छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *