पक्राउ परेका चिनियाँ नागरिक लैजाने एउटा विमान काठमाडौँमा

पुस २३, काठमाडौँ ।  पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न रहेर पक्राउ परेका १ सय २२  चिनियाँ नागरिकलाई लिन दुई वटा चार्टर्ड चिनियाँ विमानमध्ये एउटा विमान नेपाल अवतरण गरेको छ ।   

बुधबार साँझ चिनियाँ नागरिकलाई बोकेर स्वदेश फर्किने ती दुई बिमान मध्य एक बिमान  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।  अहिले ती चिनिया नागरिकलाई लाई एयरपोर्टतर्फ लगिएको अध्यागमन विभागले जनाएको छ ।   

नेपालमा बसेर गैरकानूनी क्रियाकलाप गरेको भन्दै प्रहरीले यही पुस ७ गते काठमाडौँको मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो । यसअघि पुस २० गते अभद्र व्यवहारअन्तर्गत मुद्दामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले जनही रु एक हजार जरिवानाको फैसला सुनाएको थियो ।   

Image result for त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + thirteen =