सानेपामा नेविसंघका विद्यार्थीबीच झडप हुँदा २ जना घाइते
२०७६ माघ १३ गते

माघ १३, काठमाडौँ । ललितपुरको कांग्रेस पार्टी कार्यालय सानेपामा नेविसंघका दुई विद्यार्थी समूहबीच झडप हुँदा दुई जना विद्यार्थी घाइते भएका छन् ।
केन्द्रीय समिति बैठकका लागि सभापति शेरबहादुर देउवा पार्टी कार्यालय पुगे लगतै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका दुई विद्यार्थी समूहबीच झडप भएको थियो ।
यस झडपमा परी कमल पन्त र लक्ष्मी बोगटी रहेको नेविसंघका नेता विकास भण्डारीले बताए । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको भण्डारीले जानकारी दिएका छन् ।

झडप संस्थापन पक्षका विद्यार्थी र कुन्दन काफ्ले पक्षका विद्यार्थीबिच भएको जानकारीमा आएको छ ।
२०७६ माघ १३ गते
प्रतिक्रिया
सम्बन्धित








