कोरोना भाइरसको प्रभाव: विश्वभर स्वास्थ्य आपतकाल घोषणा

माघ १७, काठमाडौं । एक यस्तो भाइरस जसको जानकारी अहिलेसम्म विज्ञानमा थिएन उसले चीनमा विनाश निम्त्याइरहेको छ ।   

अहिले चीनमा मात्रै होइन, चीनबाट विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको छ । जसलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको छ ।   

बिहीबार जेनेभामा बसेको विश्व स्वास्थ्य संघटनको संगठनको इमरजेन्सी कमिटीको बैठकले यस्तो घोषणा गरेको हो।   

चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका १८ देशमा फैलिसकेको छ । कोरोना भाइरस तीव्र गतिमा विश्वव्यापी रुपमा फैलन थालेपछि डब्लुएचओले आपतकालीन घोषणा गरेको हो ।   

कोरोना भाइरसको कारण चीनमा अहिलेसम्म २ सय १३ जनाको ज्यान गइसकेको छ। त्यस्तै ८१६ व्यक्तिमा संक्रमण देखिएको छ। जसमध्ये  चीनमा मात्र ९ हजार ६९२ संक्रमण देखिएको छ। 

भाइरसले चीन बाहिर १८ देशका ९८ जनामा सङ्क्रमण भएको पुष्टि भएको डब्लुएचओले जनाएको छ।   

जर्मनी, जापान, भियतनाम र अमेरिकामा यो भाइरस मान्छेबाट मान्छेमा सरेको पुष्टी भएको छ। 

कमजोर स्वास्थ्य प्रणाली भएका देशमा फैलिएमा यो भाइरसले जटिल अवस्था ल्याउनेतर्फ पनि डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ। 

बैठकले भाइरस नियन्त्रणमा चीन सरकार र त्यहाँको नेतृत्वको राजनीतिक प्रतिवद्धाप्रति धन्यवाद ज्ञापन गरेको थियो ।   

आपतकाल घोषणा गर्ने निर्णय गर्दै स्वास्थ्य संगठनले चीनप्रतिको सहयोग, त्यहाँका जनता र सरकारले अग्रपंक्तिमा रहेर भाइरसविरुद्ध लडिरहेको अवस्थालाई सम्मान गर्दै थप फैलिन नदिन विश्वव्यी ऐक्यवद्धता स्वरुप आपतकाल घोषणा गरिएको जनाइएको छ। 

डब्ल्यूएचओले यसअघि सन् २००९ मा स्वाइनफ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका, तथा सन् २०१४ र सन् २०१९ मा इबोला सङ्क्रमण गरी पाँच पटक विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको थियो। 

कोरोना भाइरसको संक्रमण हुनेबित्तिकै व्यक्तिको मृत्यु हुँदैन । यसकारण उक्त भाइरसबाट संक्रमितहरुको सही आँकडा पत्ता लगाउन मुश्किल छ ।   

यदी उक्त भाइरस पहिले कुन जनावरबाट फैलन सुरु भयो भन्ने कुरा पत्ता लगाउन सके यसको रोकथाममा ठुलो मद्दत पुग्ने छ ।   

समुन्द्रमा पाइने जीव सेतो ह्वेल कोरोना भाइरस वाहक हुन सक्छ । तर वहानको सी फुड मार्केटमा कयौँ जंगली जिवित जनावर राखिन्छ जसमा कुखुरा, चमेरा, खरायो र सर्प मुख्य हो । यी जनावरमध्ये कुनैपनि यस घातक भाइरसको स्रोत हुन सक्छन् ।   

सबैभन्दा पहिले यस भाइरसको संक्रमणको खबर फैलदाँ वैज्ञानिकहरुले भनेका थिए कि यो मानिसहरुबाट मानिसहरुमा फैलदैन । अहिले भने एक व्यक्तिले १.४ देखि २.५ मानिसहरुलाई संक्रमित गर्न सक्छ ।   

यस्तो अवस्थामा, जबसम्म यसको पूर्ण उपचार फेला पर्दैन, शहरको पुर्ण रुपमा बन्द गरेर संक्रमण रोक्न सकिन्छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =