धनुषा बम बिष्फोट काण्डमा विप्लवका नेता पक्राउ

पुस १८, धनुषा । गत मङ्सिर २७ गते राति धनुषाको महेन्द्रनगरमा भएको बम बिस्फोटको काण्डमा विप्लव नेतृत्वका एक जना नेतालाई पक्राउ गरिएको छ ।   

घटनाका मुख्य  योजनाकार मानिएका विप्लव नेतृत्वका नेता  आदम राइनलाई प्रहरीले पक्राउ गरेको हो । 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित सखुवा महेन्द्रनगर बजारमा रहेको एक घरको मूलढोकामा टाइम बम झुण्ड्याइएको  थियो । सो बम विष्फोट हुँदा  प्रहरी इन्सपेक्टरसहित ३ जनाले ज्यान गुमाएका थिए ।  

Related image

ज्यान गुमाउनेमा प्रहरी निरीक्षक अमिरकुमार दाहाल,  राजेश साह र उनका छोरा आनन्द साह रहेका थिए ।  सो घटनापछी फरार रहेका आदम प्रहरीको मोस्ट वान्टेडको सूचीमा परेका थिए । उनलाई उक्त बम बिष्फोट भएको  करिब २२ दिनपछि प्रहरीले पक्रन सफल भएको हो । 

प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रद्मकुमार  कार्कीका अनुसार यस घटनामा संलग्न अन्य ८ जनाको पनि पहिचान भईसकेको छ ।  पक्राउ परेका आदमलाई हाल थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको जानकारी आएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =